राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकुलपति संगीता सिंहसहित १३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकुलपति संगीता सिंहसहित १३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता

केन्द्रबिन्दु
6
Shares

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकूलपति प्रा.डा संगीता सिंह भण्डारीसहित १३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

आयोगले बिहीबार प्रा.डा भण्डारीसहित १३ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। उनीहरूमाथि कम गुणस्तरको एमआरआई मेसिन‍ खरिदमा १२ करोड ७ लाख रुपैयाँभन्दा बढी रकम अनियमितता गरेको आरोप छ ।

अख्तियारले भण्डारीसहित प्रतिष्ठानका तत्कालीन कामु रजिष्ट्रार झन्कार लामिछाने, तत्कालीन फाइनान्स म्यानेजर कैलाश प्रसाद देव, बायोमेडिकल इन्जिनियर शदर भण्डारी, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका बायोमेडिकल इन्जिनियर अमित कुमार चौधरी लगायत विरुद्ध कैद र विगो जरिवाना सजाय मागदाबी गरेको छ ।

Logo