मंसिरमै नियमित महाधिवेशन गर्ने कांग्रेस महामन्त्री थापाको प्रस्ताव

मंसिरमै नियमित महाधिवेशन गर्ने कांग्रेस महामन्त्री थापाको प्रस्ताव

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नियमित महाधिवेशनको प्रस्ताव गरेका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकमा उनले नियमित महाधिवेशनको प्रस्ताव गरेका हुन् ।

जेनजी आन्दोलनपछि महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा जानुपर्ने बताउँदै आएका थिए । तर, आजको बैठकमा भने महामन्त्री थापाले मंसिरमै नियमित महाधिवेशन गर्नेगरी अघि बढ्ने प्रस्ताव गरेका हुन् । बैठकबाट निस्कने क्रममा डा. शशांक कोइरालाले महामन्त्रीले राखेको प्रस्तावबारे जानकारी दिए ।

आजै आफ्नो निवासमा केही नेताहरूसँग कुरा गर्दै नेता कृष्ण सिटौलाले महामन्त्रीद्वयको हस्ताक्षर अभियानले पार्टी फुट्नसक्ने बताएका थिए ।

Skip This
Skip This
Logo