ओली र लेखकविरूद्धको जाहेरी जाँचबुझ आयोग बाट प्रहरीमै फिर्ता

ओली र लेखकविरूद्धको जाहेरी जाँचबुझ आयोग बाट प्रहरीमै फिर्ता

केन्द्रबिन्दु
54
Shares

काठमाडौँ । गौरीबहादुर कार्की नेतृत्वमा रहेको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरूद्ध परेको जाहेरी फिर्ता गरेको छ।

जाँचबुझ आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्रहरीबाट आयोगमा पठाइएको जाहेरी फिर्ता पठाइएको हो। भदौ २३ र २४ गतेको घटनामा तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई पक्राउ गरी कारबाही अघि बढाउन माग गर्दै जेनजी पुस्ता आन्दोलनमा मृत्यु भएकाहरूका परिवारले जाहेरी दिएका थिए।

मृतक रसिक खतिवडाका बुवा पुरूषोत्तम खतिवडासहित ४ जनाले असोज २१ गते प्रहरीमा जाहेरी दिएपछि उक्त जाहेरी प्रहरीले जाँचबुझ आयोगमा पठाएको छ।

आयोगले फौजदारी वारदातमा विस्तृत अनुसन्धान तहकिकात गरी कसुरदार देखिने अवस्थामा अभियोजन समेत लगाउने कार्य यस आयोगको कार्यक्षेत्रभित्र परेको छैन भन्ने व्यहोरा विज्ञप्तिमा उल्लेख गरेको छ।

Skip This
Skip This
Logo