कांग्रेस पदाधिकारीको बैठक भोलि पनि बस्ने

कांग्रेस पदाधिकारीको बैठक भोलि पनि बस्ने

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक भोलि पनि बस्ने भएको छ । आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा पूर्व पदाधिकारी र पदाधिकारीहरूले आफ्नो धारणा राख्ने क्रम नसकिएकाले भोलि पनि बस्ने भएको हो ।

पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार आजको बैठकमा पछिल्लो समसामयिक विषयबारे धारणा राखिएको छ । यो क्रम भोलि पनि जारी रहनेछ । भोलि दिउँसो १ बजे बैठक बस्ने महतले बताएका छन् ।

‘मुलभूत रुपमा अहिले जुन परिवेश छ, जुन किसिमको घटनाक्रम देशमा भएको छ । यसले जुन चुनौती हाम्रोसामु खडा गरेको छ । यो परिस्थितिबाट कसरी अगाडि बढ्ने र एउटा आत्मविश्वास, सकारात्मक परिस्थिति कसरी विकास गर्ने? लोकतान्त्रिक मूल्यमान्यता र समग्र देशलाई कमजोर हुनबाट कसरी जोगाउने भन्नेबारे कुरा राखिएको छ,’ बैठकपछि महतले भने ।

त्यस्तै, आगामी २६ गते केन्द्रीय कार्यसमितिको पूर्ण बैठकबारे पनि आज छलफल गरिएको छ । ‘बैठकमा जानुअघि समान धारणा विकसित होस् भनेर छलफल भइरहेको छ,’ महतको भनाई छ।

Skip This
Skip This
Logo