टीभीएसको नयाँ एड्भेन्चर मोटरसाइकल ‘अपाचे आरटीएक्स ३००’ लन्च हुँदै

टीभीएसको नयाँ एड्भेन्चर मोटरसाइकल ‘अपाचे आरटीएक्स ३००’ लन्च हुँदै

केन्द्रबिन्दु
6
Shares

काठमाडाैं । टीभीएस मोटर कम्पनीले भारतीय बजारमा आफ्नो पहिलो एड्भेन्चर मोटरसाइकल ‘अपाचे आरटीएक्स ३००’ लन्च गर्ने तयारी गरेकाे छ । कम्पनीले १५ अक्टोबरमा यसको सम्भावित लन्चको मिति ताेकेकाे छ ।

२९९ सीसी क्षमताको उक्त इन्जिनले ९ हजार आरपीएममा ३४.५ बीएचपी पावर र ७ हजार आरपीएममा २८.५ एनएम टर्क जेनेरेट गर्दछ । सो नयाँ इन्जिनलाई स्लिपर क्लच मार्फत ६–स्पीड गियरबक्ससँग जोडिने जनाइएको छ ।

अगाडि यूएसडी फोर्क र पछाडि मोनो–शक जडान हुने आरटीएक्स ३०० मा डुअल च्यानल एबीएस उपलब्ध हुने जनाइएको छ । यसमा रोड गोइङ एडजस्ट गर्न सकिने स्प्रिङ्स पनि यसमा देख्न सकिन्छ । साथै बाइकमा एलईडी लाइट, राइड मोड, पूर्ण रूपमा डिजिटल कन्सोललगायत अन्य धेरै एडभान्स फिचर हुने अपेक्षा गरिएको छ ।

अपाचे आरटीएक्स ३०० पूर्ण अफ-रोडर नभई अर्ध-फेयर्ड एड्भेन्चर टुरर मोटरसाइकल हो। यसको डिजाइनमा बलियो फ्रन्ट फेसिया, अग्लो विन्डस्क्रिन, बीफी नकल गार्ड्स, बलियो ब्याश प्लेट, र लगेज माउन्टिंग पोइन्टको रूपमा प्रयोग गर्न सकिने साइड गार्ड्स समावेश छन्। डिजाइन पेटेन्टहरू पनि अनलाइनमा लिक भइसकेका छन्।

यो बाइक टीभीएसको नयाँ आरटी-एक्सडी४ इन्जिनबाट चल्नेछ, जुन सन् २०२४ को माेटाेसुलमा अनावरण गरिएको थियो। टीभीएसले १९ वा २१ इन्चको फ्रन्ट ह्विल उपलब्ध गराउनेछ । कम्पनीले यसलाई अफरोड र अनरोड बाइकको रूपमा पनि उपलब्ध गराउन सक्छ ।

Logo