लिपमोटरको इलेक्ट्रिक एसयुभी बी१० को डेलिभरी सुरु

लिपमोटरको इलेक्ट्रिक एसयुभी बी१० को डेलिभरी सुरु

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । लिपमोटरको इलेक्ट्रिक एसयुभी बी१० को डेलिभरी सुरु गरिएको छ । नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले देशभरका शोरुममार्फत ग्राहकमाझ गाडी डेलिभरी सुरु गरेको हो ।

नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा औपचारिक लन्च गरिएको र लगत्तै बुकिङ खुला गरिएको बी१० मा ग्राहकले उत्साहजनक रुची देखाएका थिए । आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि र उत्कृष्ट पर्फमेन्सका कारण ईभी पारखीको रोजाइमा पर्न सफल बी१० प्रतिस्पर्धी मूल्यका कारण झनै लोकप्रिय बनिरहेको छ ।

लीपमोटर बी १० मा १६० किलोवाटको शक्तिशाली रियर व्हील ड्राइभ (आरडब्ल्यूडी) मोटर र ६७.१ किलोवाट आवर ब्याट्री क्षमता रहेको छ, जसले एकै चार्जमा ६०० किमी दूरी तय गर्दछ ।

आराम र व्यावहारिकता दुवैको लागि निर्मित, यसले १८० एमएमको ग्राउन्ड क्लियरेन्स प्रदान गर्दछ । यसमा १४.६ इन्च २.५ के एचडी टचस्क्रिन, रेकर्डिङ सहितको ३६० डिग्री क्यामेरा, हिटिंग र भेन्टिलेसन फङ्क्सनसहितको प्रिमियम लेदरेट सिटहरू र सेग्मेन्टकै सबैभन्दा ठूलो प्यानारोमिक सनरुफ विथ सनशेड जस्ता सुविधाहरु छन् ।

Logo