चंखेलीको देशीखोलामा जिप दुर्घटना

चंखेलीको देशीखोलामा जिप दुर्घटना

केन्द्रबिन्दु
3
Shares

हुम्ला। हुम्लाको चंखेली गाउँपालिका–४ स्थित देशीखोलामा जिप दुर्घटना भएको छ । हुम्लाको मेल्छामबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १०९१ नम्बरको डबल क्याब जिप आज बिहान करिब ११ बजे दुर्घटना भएको हो ।

चंखेलीका बहादुर लामाले चलाएको जिप सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको थियो। जिल्ला प्रहरी कार्यालय हुम्लाका इन्सपेक्टर एवम् सूचना अधिकारी जंगराज सिंहका अनुसार घाइतेहरुलाई उपचारका लागि नजिकको स्वास्थ्य चौकीमा पठाइएको छ ।

घाइतेहरुमध्ये सिमकोट गाउँपालिका–८ कि बसन्ती रोकाया र अर्का एकजना युवक अचेत छन् । अन्य पाँच जनाको अवस्था मध्यम र दुई जनाको अवस्था सामान्य छ रहेको प्रहरीले बताएको छ ।

Skip This
Skip This
Logo