रास्वपाको सल्लाहकार परिषद्मा नयाँ आए

रास्वपाको सल्लाहकार परिषद्मा नयाँ आए

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको केन्द्रीय सल्लाहकार परिषद्को गठन गरेको छ। शुक्रबार बसेको पार्टी सचिवालयको बैठकले जगन्नाथ पौडेल (चितवन), नमस्तेलाल भूमि (तनहुँ) लाई विज्ञ सदस्यमा मनोनीत गरेको हो।

पौडेल वरिष्ठ अधिवक्ता एवं राजनीतिज्ञ र भूमि सर्वाङ्गीण विकास एवं सरसफाई विज्ञ रहेको प्रवक्ता मनिष झाले जानकारी दिए।

यस्तै शोभा जोशी बिजुक्छे (ललितपुर), बुद्धिलाल विश्वकर्मा (सप्तरी), जय किशोर लाल (महोत्तरी) लाई पनि सदस्य मनोनीत गरेका छन्।

बिजुक्छे समाजसेवी, उद्यमी हुन्। विश्वकर्मा जलस्रोत एवं सिंचाइ विज्ञ, बुद्धीलाल जनकपुर नर्सिङ क्याम्पसका पूर्व क्याम्पस प्रमुख हुन्।

Skip This
Skip This
Logo