डेबिट कार्डबाट गरिने कारोबार सीमा घट्यो

डेबिट कार्डबाट गरिने कारोबार सीमा घट्यो

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले डेबिट कार्डबाट गरिने कारोबार सीमा घटाएको छ । बैंकले डेबिट कार्डबाट गरिने कारोबार २० देखि ५० प्रतिशतसम्म घटाएको हो।

हाल डेबिट कार्ड प्रयोग गरी एटीएमबाट प्रति कारोबार २५ हजार रुपैयाँ झिक्न सकिन्छ । त्यसैगरी दैनिक एक लाख र मासिक ४ लाखको सीमा तोकिएको छ । शुक्रबारको निर्देशनपछि अब प्रति कारोबार एटीएमबाट २० हजार रुपैयाँ, दैनिक ५० हजार र मासिक ३ लाख रुपैयाँ मात्रै झिक्न पाइने बैँकले जनाएको छ।

केन्द्रीय बैंकले बैंक वित्तीय संस्थाले जारी गर्ने प्रिपेड कार्डको प्रति कारोबार १० हजार, प्रतिदिन २० हजार र प्रति महिना २ लाखको सीमा यथावत राखेको छ ।

त्यसैगरी क्रेडिट कार्डको सीमा पनि परिवर्तन नभएको बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्था बाहेकका सेवा प्रदायक संस्थाले जारी गर्ने प्रिपेड कार्डको प्रति दिन ५ हजार र प्रति महिना २५ हजार रुपैयाँको सीमा समेत यथावत राखेको केन्द्रीय बैंकले जनाएको छ ।

Skip This
Skip This
Logo