एनआरएनएमा कागजी होइन्, भावनात्मक एकता आवश्यक छ : कुल आचार्य

एनआरएनएमा कागजी होइन्, भावनात्मक एकता आवश्यक छ : कुल आचार्य

केन्द्रबिन्दु
6
Shares


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष कुल आचार्यले एनआरएनएबीचको एकता भावनात्मक हुनुपर्ने बताएका छन् ।

एनआरएनए डेका अवसरमा शनिबार शुभकामना सन्देश दिंदै उनले भनेका छन्,‘देशको विषम परिस्थितिमा हामी एक हुनुको विकल्प छैन। तर एकता भावनात्मक हुनुपर्छ, कागजी एकताले समस्या समाधान हुँदैन। सबै पक्षले इमान्दारीपूर्वक लागेमा मात्रै दिगो एकता सम्भव हुन्छ।

आजको दिनले हामी सबैलाई आ–आफ्नो व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर संस्था र सम्पूर्ण एनआरएनहरुको हितमा काम गर्न प्रेरित गरोस्।’ गैरआवासीय नेपाली नागरिकताको मुद्दा स्थापित गराएका आचार्यले स्वदेशको सम्पत्ति विदेश लैजान नहुने अभियान चलाइरहेका छन् ।

यसअघि उनले ‘पसिना फन्ड’ स्थापना गरेर विश्वभरका नेपालीहरुलाई जोड्ने बताएका थिए ।

Skip This
Skip This
Logo