आशिफको अर्धशतकमा नेपालले यूएईलाई १४१ दियो लक्ष्य

आशिफको अर्धशतकमा नेपालले यूएईलाई १४१ दियो लक्ष्य

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट–एशिया प्यासिफिक छनोट अन्तर्गत सुपर सिक्स चरणमा नेपालले यूएईसामू मध्यम लक्ष्य प्रस्तुत गरेको छ । ओमानको अल अमरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन जोडेको हो ।

नेपालको इनिङ्समा ओपनर तथा विकेटकिपर आसिफ शेखले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक पूरा गरे । उनले ४७ बलको सामना गर्दै ४ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ५१ रन जोडे।

मध्यक्रममा कप्तान रोहित पौडेल र सुरुवाती ब्याटर कुशल भुर्तेलले पनि महत्वपूर्ण योगदान दिए। कुशल भुर्तेलले २६ बलमा २८ रन बनाउँदा रोहित पौडेलले १९ बलमा २० रनको पारी खेले।

युएईका बलरहरूले कसिलो बलिङ गर्दै नेपाललाई ठूलो स्कोर बनाउनबाट रोकेका थिए । युएईलाई सुपर सिक्समा विजयी सुरुवात गर्न अब १४१ रन बनाउनुपर्नेछ।

खेलअघि दुवै टोली समूह चरणमा अपराजित रहेर २/२ अङ्कसहित सुपर सिक्समा प्रवेश गरेका थिए। यो खेल दुवै टोलीका लागि विश्वकपमा छनोट हुने यात्रामा महत्त्वपूर्ण छ, किनभने सुपर सिक्सका शीर्ष तीन टोलीले आगामी टी-२० विश्वकपमा स्थान बनाउनेछन्।

Skip This
Skip This
Logo