काठमाडौँ

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र अन्तर्गतका विभागका कर्मचारी विभाग नै खाली गराएर विदेश सयरमा लागेका छन् । "/>

बजेट सिध्याउन कर्मचारीको विदेश यात्रा : मन्त्रालय बेखबर !

बजेट सिध्याउन कर्मचारीको विदेश यात्रा : मन्त्रालय बेखबर !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र अन्तर्गतका विभागका कर्मचारी विभाग नै खाली गराएर विदेश सयरमा लागेका छन् । असार मसान्त आउनै लाग्दा बजेट सिध्याउनका लागि कर्मचारी विदेश भ्रमणको कार्यक्रम बनाएर जाने गरेको पाइएको छ ।

भूमिसुधार तथा व्यवस्था विभागबाट मंगोलिया गएका महानिर्देशक मुक्तिप्रसाद आचार्य र निर्देशक रामदत्त भट्ट फर्कन नपाउँदै फेरि बुधबार विभागका ९ जना सहित नापी विभागबाट २ जना र मन्त्रालयबाट १ जना गरी १२ जना कोरिया उडेका छन् । भ्रमणमा मन्त्रालयबाट उपसचिव दीपक खड्का, विभागबाट शाखा अधिकृतहरू चन्द्रलाल डंगोल, रत्नमान उदास, विष्णुबहादुर घर्ती, हीरागोपाल महर्जन, हरिकृष्ण यदु, रमेश कोइराला र नायब सुब्बाहरू नारायणप्रसाद भट्टराई र कृष्ण दाहाल कोरिया गएका हुन् । नापी विभागबाट उपसचिव सुशील डंगोल पनि भ्रमण टोलीमा रहेको मन्त्रालय स्रोतले जनाएको छ । त्यस्तै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सूचना अधिकारी गोपाल गिरीले मन्त्रालयका अधिकारी जग्गा प्रशाासन सम्बन्धी तालिममा गएको जानकारी दिएका छन्।

यता विभागबाट के प्रयोजनका लागि गएको हो मन्त्रालयमा रेकर्ड नहुने मन्त्रालयका मुकुन्द गुरागार्इंले बताए । उनले विभागमा भ्रमणका लागि सबैको हानथाप र दाबी हुने भएकाले विभागका अधिकारीले सुटुक्क सचिवको हस्ताक्षर गराउन फाइल ल्याउने र उतै लैजाने गरेको बताए । उनले विभागबाट भ्रमण गएकाहरूको नाम मन्त्रालयमा नरहेको बताएका छन् । ‘यहाँ कोही छैन । सबै बाहिर जानु भएको छ’, उनले भने– ‘अन्य कर्मचारीको दाबी हुन्छ भनेर विभागबाट आएका फाइल सचिवलाई सही गराएर उतै लानुहुन्छ।’
नेपाल समाचारपत्रबाट

Logo