काठमाडाैं । नेपालको विद्युतीय सवारी (ईभी) बजारमा चिनियाँ कम्पनी डोङफेङको ‘नामी’ ईभीले १ हजार भन्दा बढी सङ्ख्यामा सडकमा गुड्न थालेर सफलता हासिल गरेको छ ।
नेपालका लागि नामीको आधिकारिक वितरक एमएडब्ल्यु वृद्धि मोटर्सले सम्पन्न ‘एमएडब्ल्यु वृद्धि एक्सचेन्ज कार्निभल’को समापनसँगै यो खुसीयाली मनाएको हाे ।
‘बिग ह्याच विथ फाइभ स्टार लक्जरी’ भनिएको नामी ईभीले नेपाली बजारमा लक्जरी र इन्टेलिजेन्ट फिचरको नयाँ मापदण्ड स्थापित गरेको छ। यसमा ७० किलोवाटको शक्तिशाली मोटर र ३१.४ किलोवाट आवर तथा ४२.३ किलोवाट आवर गरी दुई ब्याट्री विकल्प उपलब्ध छन्, जसले ४३० किलोमिटर (सीएलटीसी) सम्मको रियल लाइफ रेन्ज दिन्छ।
नामी ईभीको सफलतालाई यसमा रहेका वेलकम सिट, मेमोरी सिट, फ्रेमलेस डोर, अटो पार्किङ, इन्टेलिजेन्ट एसी, बेबी केयर मोड र लेभल २ एडीएएस जस्ता अत्याधुनिक सुविधाहरूले अझ परिस्कृत बनाएका छन्।
नेपालमा २२ अगस्ट २०२४ मा सोल्टी होटलमा भव्य डेब्यु गरेको नामीले नाडा अटो शो २०८१ मा ७२० भन्दा बढी बुकिङको रेकर्ड कायम गरेको थियो।





























प्रतिक्रिया