काठमाडौं

हरेक वर्ष असार आउँछ र देशका सडकमा विकासका अनेक भलबाढी ल्याउँछ । कति सरकार फेरिए, कर्मचारीका कति पुस्ता गले, कति नयाँ–नयाँ ठेकेदार आए, प्रविधि कति बदलिए र कति–कति नीति बने तर यो विकास प्रक्रिया बदलिएन । "/>

विकासको असारे संस्कृति कहिले सम्म सरकार ?

विकासको असारे संस्कृति कहिले सम्म सरकार ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

हरेक वर्ष असार आउँछ र देशका सडकमा विकासका अनेक भलबाढी ल्याउँछ । कति सरकार फेरिए, कर्मचारीका कति पुस्ता गले, कति नयाँ–नयाँ ठेकेदार आए, प्रविधि कति बदलिए र कति–कति नीति बने तर यो विकास प्रक्रिया बदलिएन । जब कुनै काम एउटा लामो समय सम्म अनुसरण गरिरहिन्छ, पुस्ता दरपुस्ता उस्तै शैली दोहोरिन्छ अनि त्यसले संस्कारको रूप लिन्छ ।

संस्कारलाई जब उत्सवमय बनाइन्छ अनि त्यो स्वीकार्य मूल्य बन्छ । अब भने यसो गर्न कसैले सम्झाउनु पर्दैन । स्वतः अनुसरण गरिन्छ । नेपालको असारे विकास त्यस्तै भएको छ ।असारे विकासका दुई वटा चित्र हुन्छन् । नेपालको मौसम सामान्यतया सधैँ उस्तै रूपमा दोहोरिन्छ । असोज देखि वैशाख, जेठ सम्म कम पानी पर्छ । कात्तिक देखि चैतसम्मको याम त सुख्खायाम नै मानिन्छ । असार देखि भदौ सम्म बढी वर्षा हुन्छ । यसैले परम्परा देखि नै घर बनाउने काम या निर्माणका काम असोज देखि वैशाख सम्ममा सक्ने गरिन्छ । तर यता सरकारको काम गर्ने शैली भने फरक छ ।

पहिले त सरकारको बजेट पास हुन ढिलो भयो भन्दै हिउँद लागेपछि ठेक्का प्रक्रिया आरम्भ गर्ने र काम चाहिँ मध्य असार मा हतारहतारमा गर्ने चलन थियो । अहिले असारमै बजेट पास गर्ने नियमित अभ्यास आरम्भ भएको छ ।

साउनमै नयाँ ठेक्कापट्टाको काम आरम्भ हुन सक्छ । असोज देखि निर्माणको काम थालनी गर्न कुनै रोकावट छैन । तर अहिले पनि असार अन्तिम सातातिर धमाधम सडक खन्ने, सम्याउने, पिच गर्ने, टालटुल गर्ने, ढल खन्ने र बनाउने काम भइरहेको देखिन्छ । यसो गर्दा हतारमा र दर्के झरीमा काम हुन्छ । दर्के झरी हुँदा गरिएको पिच जम्न पाउँदैन, एकै छिनपछि या एक–दुई दिनपछि भत्किन थाल्छ ।

कमसल पिच भएका सडकको प्राविधिक जाँच पास पनि हुन्छ, ठेकेदारले भुक्तानी पाउँछ, प्राविधिक कर्मचारी र प्रशासकले मिलिभगतमा हिस्सेदारी पाउँदा हुन् । अनि अर्को वर्ष त्यही बाटो फेरि मर्मत गरिन्छ र मर्मतका लागि असार नै कुरिन्छ । सरकारले समयमै वजेट कार्यान्वयन गर्न भन्दै जेठको १५ गते नै वजेट सार्वजनिक गर्ने गरेपनि कार्यन्वयनमा भने कुनै सुधार भएको छैन । जसले गर्दा वजेट सक्ने उद्देश्यको मात्र विकास भएको देखिन्छ । यस्तो पुरानो विकासे संस्कृतिलाई वर्तमान २ तिहाईको सरकारले पनि रोक्न नसक्दा नागरिक भने समस्यामा छन् ।
नयाँ पत्रिकाबाट

Logo