यस वर्ष तिहारलक्षित चाँदीको मेडालियन मात्र वितरण गरिने

यस वर्ष तिहारलक्षित चाँदीको मेडालियन मात्र वितरण गरिने

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष तिहारलक्षितसुनका असर्फी वितरण नगर्ने भएको छ । सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै आएको भएतापनि यस वर्ष सुनका असर्फी वितरण नगर्ने भएको हो । राष्ट्र बैंकको टक्सार महाशाखाले असोज २६ गतेदेखि चाँदीको मेडालियन बिक्री वितरणका लागि भने मूल्य सार्वजनिक गरेको थियो ।

महाशाखाका अनुसार लक्ष्मी मेडालियन (१०) ग्राम ३ हजार दुई सय रुपैयाँ, गणेश मेडालियन (१०) ग्राम, गजलक्ष्मी (१०) ग्राम र गाई मेडालियन (१०) ग्राम ३ हजार दुई सय रुपैयाँकै दरले वितरण गरिने भएको छ । महाखाशाका अनुसार प्रतिव्यक्ति १ मात्रै वितरण गरिने छ । खरिद गर्न जाँदा नागरिकताको फोटोकपी वा नागरिकता नम्बर उल्लेख भएको अन्य कुनै परिचयपत्र लिएर जान महाशाखाले अनुरोध गरेको छ ।

Skip This
Skip This
Logo