मधेशका मुख्यमन्त्रीले दिए राजीनामा

मधेशका मुख्यमन्त्रीले दिए राजीनामा

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा घोषणा गरेका छन् ।
विश्वासको मत लिन आज डाकिएको सांसद बैठकमा मुख्यमन्त्रीले आफ्ना कुरा राख्दै अन्त्यमा राजीनामा दिएका हुन् ।
पदबाट राजीनामा घोषणा गर्नुअघि उनले सरकारमा हुँदा जनमत पार्टीले गरेको असहयोग र राजीनामा प्रकरणबारे कडा रुपमा संकेत गरे । उनले जनमत पार्टीको केन्द्रीय नेतृत्व र प्रदेशमा संसदीय दलको नेताले गरेको एकल निर्णयप्रति आपत्ती जनाए ।

बजेट बनाउने बेला ५ लाखसम्मको समेत बजेट राख्दा यस विषयमा पार्टी केन्द्रीय अध्यक्ष डा. सीके राउतलाई गुनासो गर्दा समेत उनले बजेट राख्नेलाई प्रोत्साहन गरेको आरोप लगाए।

Logo