जेन–जी आन्दोलनमा दमन गर्नेहरूलाई फौजदारी अपराधमा अनुसन्धान गर्न माग राख्दै सर्वोच्चमा रिट

जेन–जी आन्दोलनमा दमन गर्नेहरूलाई फौजदारी अपराधमा अनुसन्धान गर्न माग राख्दै सर्वोच्चमा रिट

केन्द्रबिन्दु
12
Shares

काठमाडाैं । २३ भदौको जेन–जी आन्दोलन दमनमा संलग्नहरूलाई फौजदारी अपराधमा अनुसन्धान गर्न आदेश जारी हुनुपर्ने माग गरी सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ ।

रिटमा जेनजी आन्दोलन दमनमा चार जना प्रत्यक्ष संलग्न रहेको भनी उनीहरूमाथि कारबाहीको माग राखिएको छ । अधिवक्ता युवराज पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको निर्णय बदरका साथै जेन–जी आन्दोलन दमनमा चार जना प्रत्यक्ष संलग्न रहेको भनी उनीहरूमाथि कारबाहीको माग गर्दै रिट दिएका हुन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख (महानिरीक्षक) र काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई फौजदारी अनुसन्धानमा अनुसन्धान गर्न आदेशको माग रिटमा गरिएको हो ।

सर्वोच्चमा आएका १४ वटा रिटमध्ये १० वटा संसद् विघटन, अन्तरिम सरकार गठन असंवैधानिक भएको भन्दै रिट पेस भएका छन् ।

Logo