मधेश प्रदेशमा लोसपाको नेतृत्वमा नयाँ सरकार गठनको दाबी

मधेश प्रदेशमा लोसपाको नेतृत्वमा नयाँ सरकार गठनको दाबी

केन्द्रबिन्दु
6
Shares

सर्लाही । मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेस गरिएको छ ।
लोसपा संसदीय दलका नेता जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने प्रस्तावसहित पाँच राजनीतिक दलहरूले संयुक्त रूपमा दाबी पेस गरेका हुन् ।

लोसपासँगै जनता समाजवादी पार्टी (जसपा), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टीका केही सांसदहरूको हस्ताक्षर सहित ५६ जना प्रदेशसभा सदस्यले बुधबार बिहान प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष नयाँ सरकारका लागि दाबी बुझाएका हुन् ।

यसअघि मंगलबार तत्कालीन मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनका लागि आज दिउँसो ४ बजेसम्मको समय निर्धारण गरेकी थिइन् ।
अन्तिम समयमा जनमत पार्टीले नेपाली कांग्रेसको साथ छोड्दै लोसपाको नेतृत्वमा बन्न लागेको गठबन्धनमा सहभागी हुने निर्णय गरेको स्रोतले जनाएको छ ।

Logo