एमाले केन्द्रीय कमिटी बैठकमा ओलीको प्रतिवेदनमाथि ५० जनाले राखे आफ्नो धारणा

एमाले केन्द्रीय कमिटी बैठकमा ओलीको प्रतिवेदनमाथि ५० जनाले राखे आफ्नो धारणा

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । बुधबारदेखि ललितपुरको भनिमण्डलमा सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि ५० जनाले आफ्नो धारणा राखेका छन् ।

बैठकमा महासचिव शंकर पोखरेलले उल्टो वर्णानुक्रमअनुसार अर्थात् ‘ज्ञ’बाट ‘क’ सम्मका सदस्यहरूलाई पालैपालो धारणा राख्ने निर्णय सुनाएका थिए । आज पहिलो दिन ५० सदस्यहरुले धारणा व्यक्त गरे ।

एमालेमा अघिल्ला बैठकहरुमा केन्द्रीय सदस्यहरूको नामको पहिलो अक्षरको सुल्टो वर्णानुक्रम (‘अ’बाट ‘क’ हुँदै ‘ज्ञ’सम्म) बोल्ने परम्परा रहेकोमा यसपटक फरक प्रस्ताव आउँदा बुधबार भनिमण्डलमा केहीबेर हल्लाखल्ला समेत भएको थियो ।

महासचिव पोखरेलको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विरोध जनाएका थिए । उनको विरोधमा अरू केही केन्द्रीय सदस्यहरूले पनि समर्थन जनाए । तथापि, बैठकमा उल्टो वर्णानुक्रम अनुसार नै सदस्यहरूलाई समय दिँदै बोल्न दिइयो ।

केन्द्रीय सदस्यहरूलाई धारणा राख्न ३३ मिनेटको समय दिइएको छ । एमाले केन्द्रीय कमिटीको बैठक भोलि बिहीबार बिहान ८ बजेदेखि पुनः सुचारु हुने एमालेले जनाएको छ ।

Skip This
Skip This
Logo