काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दाेलनको स्मरण गर्दै भदाै २४ गते आफू सिंहदरबारबाट खुमलटार जान खोज्दा सुरक्षाकर्मीले सुरक्षा दिन नसक्ने बताएपछि सेनाको खोजीमा जानुपरेको खुलासा गरेका छन्।
चितवनमा विहीबार एक कार्यक्रममा मन्तव्य राख्ने क्रममा प्रचण्डले आफूहरूलाई कसैले लिएर गएको वा सुरक्षित हुन्छ भनेर बोलाएको नभई आफैंले सुरक्षाको खोजीमा त्यहाँ जाने वातावरण बनेको र गएको बताएका हुन् ।
उनका अनुसार सिंहदरबारका चारैतिरका गेटहरूमा भिड बढ्दै गएपछि आफूसँग भएका सुरक्षाकर्मीहरूले बाहिर जाने स्थिति नरहेको र बरु सिंहदरबार नै सुरक्षित रहेको सुझाव दिएका थिए । तर सिंहदरबारको ‘दक्षिण गेटको पुलिस बिट जल्यो र भिड परिसरभित्र पस्न बल गर्दैछ’ भन्ने खबर प्रहरीकाे डीएसपीबाट आएपछि सेना खाेजेर हेलिकप्टरबाट बाहिर निस्किनु परेकाे बताए ।





























प्रतिक्रिया