अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैनः प्रधानमन्त्री

अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैनः प्रधानमन्त्री

केन्द्रबिन्दु
18
Shares

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले अदालतको सेवा एक दिन पनि रोक्न नमिल्ने बताएकी छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति र सर्वोच्च अदालतको प्रतिनिधि मण्डलसँगको संयुक्त बैठकमा प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन ।

काठमाडौँ जिल्ला अदालतको भवन क्षतिग्रस्त भएपछि वैकल्पिक व्यवस्थाका लागि बैठकमा छलफल भएको थियो । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले नागरिक उड्डयन प्राधिकरणको बबरमहलस्थित भवन उपलब्ध गराउन निर्देशन पनि दिएकी छन् ।

त्यस सन्दर्भमा प्रधानमन्त्री कार्कीले अदालतको सेवा रोक्न नमिल्ने भएकाले प्राधिकरणको भवन उपलब्ध गराउन निर्देशन गरेकी हुन् । प्राधिकरणले तत्कालका लागि ससर्त भवन उपलब्ध गराउने समझदारी बनेको छ । अदालत र प्राधिकरणबीच समझदारी गर्न प्रधानमन्त्रीले निर्देशन दिएकी हुन् ।

Skip This
Skip This
Logo