काठमाडौं

असार १५ गते राष्ट्रिय धान दिवस किसानले धान रोप्ने मुख्य दिन पानी नपरेर किसान चिन्तित भए पनि मौसमविद्ले भने यो वर्ष पनि अपेक्षित रूपमै वर्षा हुने बताएका छन् । "/>

मनसुनी वर्षा हुन्छ, आत्तिनु पर्दैन : मौसमविद

मनसुनी वर्षा हुन्छ, आत्तिनु पर्दैन : मौसमविद

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

असार १५ गते राष्ट्रिय धान दिवस किसानले धान रोप्ने मुख्य दिन पानी नपरेर किसान चिन्तित भए पनि मौसमविद्ले भने यो वर्ष पनि अपेक्षित रूपमै वर्षा हुने बताएका छन् । ‘प्रि–मन्सुन’को अन्त्यतिर निकै वर्षा भएकाले रोपाईँ भएका केही खेतमा खडेरीले रोपो मर्ने हो कि भन्ने चिन्ता किसानमा छ । तर मौसमविद्ले भने अब दुई तीन दिन भित्रै मनसुनी वर्षा सक्रिय हुने सम्भावना रहेको जानकारी दिएका छन् ।

मौसम पूर्वानुमान महाशाखका मौसमविद मीनकुमार अर्यालका अनुसार वर्षा मौसममा नेपालमा पानी पार्न महत्वपूर्ण मानिएका न्यून चापीय प्रणाली हाल सक्रिय हुने क्रममा रहेको र यसले गर्दा दुई तीन दिन भित्र मौसम सक्रिय हुन सक्छ र पानी पर्न थाल्छ ।

मौसमको अबस्थाबारे जानकारी दिँदै अर्यालले भने “न्यून चापिय प्रणाली भारतको ‘वे अफ ट्रिपेल्ट’ अर्थात भारतको उत्तरी भेगमा नर्मल अवस्थामा नै रहेको र त्यो एक दुई दिन भित्र नेपालतर्फ आउने सङ्केत देखिएकाले केही दिनमा नै वर्षा सक्रिय हुन सक्छ । ”

असार १५ गते भई सक्दा पनि मनसुनी वर्षा खासै सक्रिय नभइरहेका बेला कतै यो वर्ष असार साउनमा कम पानी पर्ने त होइन भन्ने शङ्का गरिएको विषयमा उनले भने, “ प्रिमन्सुनको अन्त्यतिर केही बढी पानी परे पनि यो वर्ष औसत वा सो भन्दा बढी नै वर्षा हुने अनुमान साउथ एसियन आउटलुक फोरकास्टिङले यस अघि नै गरेको छ त्यसैले अहिले नै अत्तिनु पर्ने अवस्था छैन ।”
गोरखापत्रबाट

Skip This
Skip This
Logo