दक्षिण कोरियाका खेलाडी सैनिक सेवामा जानुपर्ने

दक्षिण कोरियाका खेलाडी सैनिक सेवामा जानुपर्ने

केन्द्रबिन्दु
0
Shares

दक्षिण कोरियाका फुटबल खेलाडीहरु स्वदेश फर्किएपछि अनिवार्य सैनिक सेवामा जानुपर्ने अवस्था आउन सक्ने बताईएको छ ।

दक्षिण कोरिया पहिलो चरणवाट घर फर्किनु परेपनि वर्तमान् विश्वकप विजेता जर्मनीलाई २–० गोलले पराजित गरेर घर फर्काएको थियो । पहिलो चरणवाट बाहिरिनु परेको कारण दक्षिण कोरियाको नियम अनुसार उनीहरुलाई पनि अनिवार्य सैनिक सेवामा लगाईने संकेत देखिएको छ ।

दक्षिण कोरियाको सन् १९४९ सैनिक नियम अनुसार कुनै पनि दक्षिण कोरियनले १८ देखि ३५ बर्षको उमेरसम्म सैनिक सेवामा विताउनु पर्ने रहेको छ । यो नियम अनुसार कुनै पनि ब्यक्तिले २ बर्ष सैनिक सेवामा विताउनु पर्ने हुन्छ । यो नियमलाई सर्वसाधारणमा अक्षरस लागू गरिएपनि केहि बिशिष्ट योगदान दिएका ब्यक्तिहरुलाई भने छुट दिने समेत गरिएको छ । जस्तो ओलम्पिक प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई यो सेवामा जानु पर्दैन भने दक्षिण कोरियाको राष्ट्रिय बेसबल टिममा पर्ने खेलाडीले पनि सैनिक सेवामा जानु पर्दैन भने सन् २००२ को बिश्वकपमा सेमिफाइनलसम्म पुगेको दक्षिण कोरियाको फुटबल टिमका खेलाडीहरुले पनि यो सेवामा जानु परेको थिएन ।

अहिले रसिया बिश्वकपमा खेल्ने खेलाडीहरुलाई सैनिक सेवामा पठाउने चर्चा चलेपछि सर्वसाधारणमा त्यसको विरोध हुन थालेको छ । यसरी बिश्वकप खेलेका खेलाडीहरुलाई दुई बर्षसम्म निस्क्रिय राख्दा दक्षिण कोरियाको राष्ट्रिय टोलिकै फुटबलको स्तर घट्ने हुनाले उनीहरुलाई सैनिक सेवामा पठाउन हुदैंन भनिरहेका छन् । दक्षिण कोरियाको सरकारले पनि बिश्वकप फुटबल खेलिरहेका खेलाडीहरुलाई सैनिक सेवामा लैजाने बारेमा नसोचेको बताएका छन् । सेनामा जाने ब्यक्तिलाई सरकारले मासिक १ सय ५० ओरिकी डलर भत्ता दिने गर्छ ।

Skip This
Skip This
Logo