काठमाडौं । ओमानमा जारी आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफक क्षेत्र छनोटको अन्तिम खेलमा नेपालले सामोआलाई विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा मात्र ४ विकेट गुमाउँदै २११ रनको स्कोर खडा गरेको हाे । नेपालको यस उत्कृष्ट इनिङ्समा ओपनर आसिफ शेख र अलराउण्डर दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरे । विकेटकिपर शेखले मात्र ४१ बलको सामना गर्दै ७ चौका र ४ छक्काको मद्दतले ६९ रनको उत्कृष्ट इनिङ्स खेले।
मध्यक्रममा आएका ऐरीले पनि विस्फोटक ब्याटिङ गर्दै ३३ बलमा २ चौका र ४ छक्कासहित ५३ रन बनाए। इनिङ्सको अन्त्यतिर लोकेश बमले मात्र १२ बलमा २ चौका र ४ छक्कासहित ३९ रन जोड्दै टोलीको स्कोरलाई २११ सम्म पुर्याउन निर्णायक भूमिका खेले।
कप्तान रोहित पौडेलले १२ बलमा २१ रन जोड्दै राम्रो साथ दिएका थिए।
समोआका बलरहरूमध्ये ड्यानियल बर्गेस, साउमानी टिली, डेरियस भासर र नोआ मीडले १–१ विकेट लिए ।































प्रतिक्रिया