युएईमा लिग-२ खेल्ने नेपाली टोलीको घोषणा, अनिल र भीमसहित को-को समेटिए ?

युएईमा लिग-२ खेल्ने नेपाली टोलीको घोषणा, अनिल र भीमसहित को-को समेटिए ?

केन्द्रबिन्दु
201
Shares

काठमाडाैं । युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म सञ्चालन हुने यस महत्त्वपूर्ण प्रतियोगिताका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली तयार पारिएको हाे ।

टोलीमा उप-कप्तानको भूमिका दिपेन्द्र सिंह ऐरीले सम्हाल्नेछन् । अनुभवी खेलाडी सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी र करण केसीसँगै युवा प्रतिभाहरू नन्दन यादव, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, ललित राजवंशी, गुलसन झा र शाहब आलमले पनि टोलीमा स्थान बनाएका छन्। अनिल शाहलाई पनि टोलीमा समावेश गरिएको छ।

यस लिग २ को शृंखला नेपालका लागि विश्वकप छनोटको यात्रामा निकै महत्त्वपूर्ण हुनेछ।

शुक्रबार मात्रै अपराजित रहँदै ओमानमा सम्पन्न आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको नेपाली टोली अब सिधै युएई जाने भएको छ । नेपाल, युएई र अमेरिकाबीच युएईको दुबईमा एकदिवसीय त्रिकोणात्मक सिरिजका खेल हुनेछ। सिरिज आगामी २६ अक्टोबरदेखि सुरु हुनेछ । अक्टोबर २६ मा नेपाल र अमेरिका दुबई अन्तर्राष्ट्रिय रंगशालामा प्रतिस्पर्धा गर्नेछन्। त्यसपछि नेपालले ३० अक्टोबरमा युएईसँग खेल्नेछ । त्यसपछि १ नोभेम्बरमा अमेरिका र ५ नोभेम्बरमा युएईसँग खेलेपछि नेपाली टोली स्वदेश फर्कनेछ।

टी–२० विश्वकपमा तहलका मच्चाएको नेपालको अवस्था लिग२ मा भने निकै नाजुक देखिन्छ । नेपालले १६ खेलमा ५ मा जित र ९ खेलमा हार व्यहोर्दै १२ अंकसहित सातौं स्थानमा छ । ८ टोली सहभागी यो प्रतियोगितामा शीर्ष तीन टोली मात्रै सन् २०२७ को आईसीसी विश्वकपमा छनोट हुनेछन् । लिग–२ मा प्रत्येक टिमले ३६ एकदिवसीय अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्छन् । त्यसो हुँदा नेपाललाई लिग २ मा स्थान बलियो पार्न निरन्तर जितको खाँचो छ ।

Skip This
Skip This
Logo