काठमाडौं
आज (बुधबार) बाट देशभर मनुसन सक्रिय हुने भएको छ । गत ८ जुनमा नेपालको पूर्व भागबाट फैलिएको मनसुनी वायु दुई साता बितिसक्दा पूर्वी र मध्य क्षेत्रमा मात्रै सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले अघिल्लो वर्ष भन्दा चार दिन अघि नै नेपालमा मनसुन प्रवेश गरेको बताए पनि मुलुकभर फैलने समय भने लम्बिएको जनाएको छ । एक सातामा नै मुलुकभर फैलने गरेकोमा पश्चिमी वायुको प्रभावका कारण नेपालमा मनसुन सक्रिय हुन समय लागेको महाशाखाका मौसमविद वरुण पौडेलले जानकारी दिए ।
‘पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन क्रमशः पश्चिमतर्फ सर्ने क्रममा एक्कासि पश्चिमी वायुको प्रभावले असर ग¥यो,’ उनले भने, ‘मंगलबार बिहानै देखि पश्चिमी वायुको प्रभाव कमजोर भएको र मनसुनी वायु सक्रिय बन्दै गएकाले बुधबार साँझसम्म पश्चिम नेपालमा पनि मनसुनी वायु सक्रिय बन्नेछ ।’ नेपालमा औसत रूपमा १० जुनमा मनसुन भित्रने गरेको छ । गत वर्ष १२ जुनमा मात्र मनसुन सुरु भएकोमा यस वर्ष ८ जुनमै मनसुन प्रवेश गरेको मौसमविद पौडेलले जानकारी दिए ।
नेपालमा साधारणतया जुन देखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ । उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८०५ मिलिमिटर वर्षा हुने गर्छ । यस वर्षको मनसुनी वर्षा नेपालको अधिकांश भू–भागमा सरदर वर्षा हुने अनुमान गरिएको महाशाखाले जनाएको छ । एक साता देखि पश्चिमी वायुको प्रभावका कारण सुक्खा बढेको छ ।
राजधानीबाट





























प्रतिक्रिया