काठमाडौं

पेट्रोलियम पाइपलाइन बिछ्याउन पर्सा राष्ट्रिय निकुञ्जले आयल निगमसँग प्रतिलिटर एक रुपैयाँ क्षतिपूर्ति मागेको छ । "/>

पेट्रोलियम पाइपलाइन : निकुञ्जले माग्यो प्रतिलिटर १ रुपैयाँ क्षतिपूर्ति !

पेट्रोलियम पाइपलाइन : निकुञ्जले माग्यो प्रतिलिटर १ रुपैयाँ क्षतिपूर्ति !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

पेट्रोलियम पाइपलाइन बिछ्याउन पर्सा राष्ट्रिय निकुञ्जले आयल निगमसँग प्रतिलिटर एक रुपैयाँ क्षतिपूर्ति मागेको छ । निकुञ्ज क्षेत्रको जमिनमुनिबाट पाइपलाइन बिछ्याउँदा वातावरण र वन्यजन्तुमा पर्न सक्ने प्रभावलाई मूल्यांकन गरी प्रतिलिटर एक रुपैयाँ क्षतिपूर्ति माग गरिएको हो । निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले पर्सा राष्ट्रिय निकुञ्जले क्षतिपूर्ति माग गरेको जानकारी दिए । उनले भने, ‘यो विषयमा निकास दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई अनुरोध गरेका छौं ।’

निगमले भने पाइप जमिनको अढाई मिटर तल गाडिने भएकाले वनक्षेत्र र वन्यजन्तुलाई कुनै असर नपर्ने जनाएको छ । निकुञ्जले निगमलाई पत्र लेखेर प्रतिलिटर एक रुपैयाँ क्षतिपूर्ति माग गरेको हो । अहिले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन ओछ्याउने काम भइरहेको छ । मोतिहारीबाट अमलेखगञ्जको डिपो सम्म पेट्रोलियम पाइपलाइन ल्याउँदा निकुञ्जको जमिन प्रयोग हुन्छ ।

निकुञ्ज भित्र आठ किलोमिटर दूरीमा पाइपलाइन बिछ्याउनु पर्छ । पाइपलाइन बिछ्याउन पाँच हजार विभिन्न जातका रुख काट्नुपर्छ । सरकारले एउटा रुख काट्दा १० रुख रोप्नुपर्ने सर्तमा निकुञ्जको बाटो प्रयोग गर्न दिएको हो । यो नियम अन्य परियोजनामा पनि लागू हुन्छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले निगमलाई पत्र लेखेका छन् । पत्रमा भनिएको छ, ‘पेट्रोलियम आयोजनाले वन्य जन्तुको बासस्थान सुधार र जैविक विविधताको दीर्घकालीन संरक्षणमा टेवा पु¥याउनु पर्छ। यसका लागि प्रतिलिटर एक रुपैयाँका दरले निकुञ्जलाई उपलब्ध गराउनुपर्छ ।’
अन्नपूर्णबाट

Skip This
Skip This
Logo