बनेपा
काभ्रेको बनेपा ५ स्थित रबिओपीमा सोमबार बा ४ ख ३४१२ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दशजना घाइते भएका छन् । सडकबाट अनियन्त्रीत भइ ५० मिटर तल खस्दा ट्रकमा सवार मण्डन देउपुर नगरपालिका १२ की ४० वर्षीया लालिमाया तामाङ्गको उपचारका क्रममा मृत्यु भएको र अरु १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
देवीटारबाट बनेपातर्फ आउँदै गरेको मिनी ट्रक सडकबाट खसी आगो समेत लागेको डिएसपी महेन्द्र मरासिनीले जानकारी दिए । मरासिनीका अनुसार घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
समाचार र तस्विर : अन्नपूर्णबाट































प्रतिक्रिया