काठमाडौं

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक फरक दलको हुने व्यवस्था कार्यान्वयन नभएको भन्दै संसद अवरुद्ध गर्ने तयारी गरेको छ । "/>

सभामुख–उपसभामुख भागवण्डा बिवाद : प्रतिपक्ष संसद अवरोधको तयारीमा

सभामुख–उपसभामुख भागवण्डा बिवाद : प्रतिपक्ष संसद अवरोधको तयारीमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक फरक दलको हुने व्यवस्था कार्यान्वयन नभएको भन्दै संसद अवरुद्ध गर्ने तयारी गरेको छ ।

कांग्रेसले सरकारले संवैधानिक व्यवस्थालाई कुल्चिएको भन्दै संसदमा फरक पार्टीको सभामुख र उपसभामुख हुने व्यवस्था तत्काल कार्यान्वयन नगरे संसद चल्न नदिने तयारी गरेको हो । कांग्रेस बाहेकका अन्य दलले समेत संसदमा यो विषय उठान गर्दै आएका छन । तर सत्तापक्षले भने सभामुख र उपसभामुख हाल कुनै कुनै दल विशेषको नभएको भन्दै सो विषयमा प्रवेश गर्नु आवश्यक नभएको बताउँदै आएको छ ।

कांग्रेस सांसद गगन थापाले संसदमा फरक दलको सभामुख र उपसभामुख हुने संवैधानिक विषयलाई सत्ता पक्षले कांग्रेसको चासो र कांग्रेसको विषय मात्र हो भनेर व्यवस्थालाई नै खिल्ली उडाउँने काम गरेको बताए । ‘सभामुख र उपसभामुखको विषय संवैधानिक रुपमा नै स्पष्ट छ, सो विषयलाई कांग्रेसको चासो र विषयका रुपमा मात्र बुझिएको छ, विषयलाई गलत ब्याख्या गरिनु नै गलत हो, सत्ता पक्षले संविधानलाई नै खिल्ली उडाउने काम गरेको छ,’ नेता थापाले भने । उनले संविधानको परिपालना गर्नु सरकारको दायित्व भएको भन्दै सो विषयको छिनोफानो नहुँदा सम्म संसद अघि बढ्न नदिने रणनीतिमा पार्टी रहेको बताए ।

‘अब सभामुख र उपसभामुखको विषयको स्पष्ट रुपमा छिनोफानो नहुँदासम्म संसद अघि बढ्न सक्ने अवस्था छैन, सत्ता पक्षले यसमा गम्भीरता देखाओस,’ थापाले थपे । उनले सो विषयमा पार्टी नेतृत्वलाई समेत सांसदहरुले ध्यानाकर्षण गराएको जनाए ।

कांग्रेस मुख्य सचेतक बालकृष्ण खाँडले संविधानमा नै प्रष्ट रुपमा सभामुख र उपसभामुख एक महिला हुनु पर्ने व्यवस्था गरिए जस्तै सभामुख र उपसभामुख पनि फरक दलको हुनु पर्ने ब्यवस्था रहेको बताए । उनले कांग्रेसले पद प्राप्तीको अशक्ति र चाहनाले सो विषयको उठान नगरेको भन्दै संवैधानिक तथा कानुनी व्यवस्थाको पालनामा राज्यको दायित्वलाई बोध गराइएको दावी गरे ।
राजधानीबाट

Skip This
Skip This
Logo