काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आज सम्बोधन गर्ने भएका छन् । आफ्नो ६ दिने चीन भ्रमणबारे जानकारी गराउन प्रधानमन्त्री ओलीले सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा दिउँसो २ बजे सम्बोधन गर्ने कार्यक्रम तय थियो । तर हिजोको कार्यक्रम स्थगित भएपछि आज सम्बोधन गर्न लागेका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालका अनुसार तयारी नपुगेकाले सम्बोधन आज (मंगलबार) लाई सारिएको हो। ‘केही थप तयारी गर्नुपर्ने भएकाले सम्माननीय प्रमले मंगलबार संसदलाई सम्बोधन गर्नु हुने भएको छ । चीन भ्रमणका सम्बन्धमा जानकारी गराउन उहाँले संसदलाई सम्बोधन गर्ने कार्यक्रम आजका लागि यथावत छ’, अर्यालले ट्वीटर मार्फत जानकारी दिएका छन् ।
नागरिकबाट





























प्रतिक्रिया