काठमाडौं
नेपाल कम्युनिस्ट पार्टीले संघीय संसदका समितिमा प्रतिपक्षी नेपाली कांग्रेसलाई सभापति नदिने भएको छ । त्यसकारण उसले समितिका सदस्यमा रहने कांग्रेस सांसदको नाम मागेको छ । राष्ट्रियसभाका चार समिति र संघीय संसदको दुई संयुक्त समितिमा सदस्य छनोट गर्न अध्यक्ष गणेश तिमल्सिनाले आइतबार कार्यव्यवस्था परामर्श समितिको बैठक राखेका थिए । बैठकमा सदस्य बन्ने कांग्रेस सांसदको नाम मागिएको थियो ।
राष्ट्रिय सभाका कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सांसदको नाम दिएनन् । संसदका समितिमा कांग्रेसले सभापति पाउनु पर्ने प्रमुख सचेतक बालकृष्ण खाँडको दाबी छ । उनले समिति सभापतिमा कांग्रेसले आफ्नो दाबी नछाड्ने बताउँदै त्यसका लागि राजनीतिक सहमतिको आधार हुनु पर्ने अडान राखेका छन् ।
राजधानीबाट































प्रतिक्रिया