निर्मल पौडेल, काठमाडौँ । दक्षिण कोरियामा रहेका दुई प्रमुख वामपन्थी दलका प्रवासी संगठनहरूबीच ऐतिहासिक एकता घोषणा भएको छ।
नेकपा (माओवादी केन्द्र) निकट “नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरिया” र नेकपा (एकीकृत समाजवादी) सम्बद्ध “प्रवासी नेपाली एकता मञ्च, दक्षिण कोरिया” बीच एकता भएको छ । दुवै संगठनले संयुक्त रुपमा कार्यक्रम आयोजना गरी औपचारीक रुपमा संगठनात्मक एकता गरेका हुन् ।
जेन जी आन्दोलन र त्यसपछि देशमा देखिएको राजनीतिक उथलपुथलका कारण वामपन्थी शक्तिहरु एक हुनुको विकल्प नभएको भन्दै संगठनात्मक एकता गरिएको माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाका अशोक रसाईलीले बताए ।
संगठनको नामाकरण र जिम्मेवारी बाँडफाँडको बिषय बैठकबाट टुङ्गो लगाउने समेत उनले जानकारी दिए । उनीहरुको एकताले प्रवासी वामपन्थी एकताका लागि ढोका खुलेको छ ।





























प्रतिक्रिया