काभ्रेमा आज २ जना संक्रमितको मृत्यु, २ नयाँ संक्रमित थपिए

काभ्रेमा आज २ जना संक्रमितको मृत्यु, २ नयाँ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।

काभ्रेमा आज २ जना नयाँ संक्रमित थपिएका छन् । जिल्लामा आज ३२ जना निको भएका छन् भने २ कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै सक्रिय संक्रमितको संख्या ४७८ जना रहेको छ ।

अब जिल्लामा आजसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको जम्मा संख्या २ हजार २४७ पुगेको छ । संक्रमित मध्ये १ हजार ७६६ जना निको भएका छन् । जिल्लामा ४७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये १४ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र ३३ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।

उनका अनुसार आज धुलिखेलका २ जना नयाँ संक्रमित थपिएका हुन् । यस्तै मृत्यु हुनेमा बनेपाका ८४ वर्षिय पुरुष र पनौतीका ८७ वर्षिय पुरुष रहेका छन् । अब जिल्लामा ४४८ जना सक्रिय संक्रमित रहेको पनि उनले जानकारी दिए ।

यता काठमाडौं उपत्यकामा आज १ हजार ३८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा ८२२, भक्तपुरमा ४८ र ललितपुरमा १६८ संक्रमित थपिएका छन् ।

यससँगै काठमाडौंमा अब ७९ हजार ७६१ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ७ हजार १९० जना कोरोना संक्रमित छन् । ललितपुरमा ११ हजार ६३९ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या ९८ हजार ५३६ पुगेको छ ।

यस्तै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ । आज १ हजार ४४२ जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २५९ पुगेको छ । आज मात्र १२ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेको छ । आज निको हुनेको संख्या ३ हजार ५३८ छ ।

आजको पिसिआर परीक्षण ६ हजार ७३१ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १६ लाख २३ हजार ७५४ रहेको छ । आज २८ हजार ८७८ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Skip This
Skip This
Logo