काठमाडौं

पार्टी सदस्यबाट उठ्ने लेभीबाटै सत्तारुढ दल नेकपाले मासिक १० करोड रूपैयाँ भन्दा बढी आम्दानी गर्ने देखिएको छ । "/>

नेकपाको आम्दानी मासिक १० करोड माथि

नेकपाको आम्दानी मासिक १० करोड माथि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

पार्टी सदस्यबाट उठ्ने लेभीबाटै सत्तारुढ दल नेकपाले मासिक १० करोड रूपैयाँ भन्दा बढी आम्दानी गर्ने देखिएको छ । पार्टीका संगठित सदस्यबाट मासिक सय रूपैयाँ र साधारण सदस्यबाट मासिक २० रूपैयाँका दरले लेभी उठाउने गरी पार्टी विधानको नियमावली बनाएपछि नेकपाले लेभीबाटै करोडौं रकम आम्दानी गर्ने भएको हो ।

‘विधानअनुुसार पार्टी सदस्यको वर्गीकरण गरिएको छ र त्यही आधारमा नियमावलीमा सदस्यता, नवीकरण शुुल्कको व्यवस्था गरिएको छ’, नियमावली तयार पार्न गठित कार्यदलका सदस्य तथा नेकपाका स्थायी समिति सदस्य वेदुुराम भुुसालले भने ।दुई ठूला कम्युनिस्ट घटक तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रबीच एकतापछि गत जेठमा बनेको नेकपाले नयाँ पार्टी सञ्चालनका लागि विधान तथा नियमावली निर्माण गरेको हो ।

नेकपाले आफ्नो नवनिर्मित पार्टीको संगठन सदस्य नै ७ लाख भन्दा बढी रहेको दाबी गर्दै आएको छ । पूर्व एमालेको ३ लाख र पूर्व माओवादीको (विराटनगर महाधिवेशन २०६९ अनुसार) ४ लाख संगठित सदस्य रहेको दाबी छ । यी दुुईको संगठित सदस्यता जोड्दा ७ लाख पुुग्छ । नेकपाका संगठित सदस्यले अब पार्टी सदस्यता कायम राख्न विधान तथा नियमावलीमा व्यवस्था भए बमोजिम मासिक एक सय रूपैयाँ पार्टीलाई बुुझाउनुु पर्ने हुुन्छ । ७ लाख संगठित सदस्यले मासिक सय रूपैयाँका दरले लेभी बुुझाउँदा नेकपाले ७ करोड रूपैयाँ आम्दानी गर्नेछ ।

साधारण सदस्यले मासिक २० रूपैयाँ लेभी बुुझाउनुु पर्नेछ । नेकपाको विधानले सदस्य, संगठित सदस्य र मानार्थ सदस्य गरी तीन प्रकारका सदस्यको व्यवस्था गरेको छ । मानार्थ सदस्यका लागि भने विधानमा लेभी रकम तोकिएको छैन । स्वेच्छिक सहयोग गरेमा नेकपाले मानार्थ सदस्यबाट पनि लिनेछ । संगठित सदस्य भन्दा साधारण सदस्यको संख्या सबैजसो राजनीतिक दलमा बढी हुुने गरेका छन् । नेकपाका कम्तीमा १० लाख साधारण सदस्य रहेको नेताहरूले दाबी गर्दै आएका छन् ।

गत निर्वाचनमा तत्कालीन एमालेले ३१ लाख ७३ हजार ४ सय ९४ र माओवादीले १३ लाख ३ हजार ७ सय २१ मत ल्याएका थिए । यी दुुई पार्टीको समानुुपातिक मत जोडदा ४४ लाख ७७ हजार २ सय १५ मत हुुन्छ । यसमध्ये कम्तीमा १० लाख नेकपाका साधारण सदस्य रहेको नेताहरूको दाबी छ । १० लाख पार्टीका साधारण सदस्य मध्येबाट मासिक २ करोड आम्दानी हुुने देखिन्छ ।

त्यस्तै सांसद, मन्त्री तथा राजनीतिक नियुुक्ति पाउनेहरूबाट पनि नेकपाले मासिक रूपमा लेभी उठाउनेछ । ‘सांसद, मन्त्री, राजनीतिक नियुुक्ति लिनेबाट पनि पार्टीले मासिक रूपमा विशेष लेभी लिने नीति बन्छ, यो पार्टीका सम्बन्धित कमिटीले निर्णय गरेर लिने हुुन्छ’, नियमावली बनाउन गठित कार्यदलका सदस्य तथा पार्टी केन्द्रीय सदस्य खिमलाल देवकोटाले बताए ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo