भक्तपुर

नक्कली छोरा बनाएर गैरकानूनी तरिकाले मृर्गौला प्रत्यारोपण गरेको अभियोगमा थर्कबहादुर बस्नेतलाई जेल चलान गरिएको छ । "/>

नक्कली छोरा बनाएर काभ्रेका कुमार गिरीको मृर्गौला चोरी !

नक्कली छोरा बनाएर काभ्रेका कुमार गिरीको मृर्गौला चोरी !

केन्द्रबिन्दु
0
Shares

भक्तपुर

नक्कली छोरा बनाएर गैरकानूनी तरिकाले मृर्गौला प्रत्यारोपण गरेको अभियोगमा थर्कबहादुर बस्नेतलाई जेल चलान गरिएको छ । भक्तपुर जिल्ला अदालतले नक्कली बाबु बनी मृगौला लिने मोरङ कानेपोखरी गाउँपालिका– १ का ५१ वर्षीय थर्कबहादुर बस्नेतलाई शुक्रवार पुर्पक्षका लागि थुनामा पठाएको हो ।

बस्नेत माथि वैशाख १० गते काभ्रेपलाञ्चोक साविक टुकुचा गाविस–९ घर भई हाल बनेपा नपा–२ बस्ने २९ वर्षीय कुमार गिरीलाई नक्कली छोरा बनाएर मृर्गौला आफूलाई प्रत्यारोपण गरेको अभियोगमा जेठ १३ गते मुद्दा दर्ता भएको थियो ।नक्कली कागजात बनाएर मृगौला प्रत्यारोपण गर्नेलाई भक्तपुर जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले मुलुकी ऐन अदालती बन्दोबस्त ११८ को देहाय (२) अनुसार कानून बमोजिम सिधा खान पाउने गरी थुनामा राख्न आदेश दिएका हुन् ।

गत बैशाख १० गते नै गिरीको मृगौला झिकी प्रत्यारोपण गरेपनि पैसाको लेनदेनको विषयमा झगडा भएपछि जेठको दोस्रो साता कुरा प्रहरी सम्म पुगेको थियो । प्रहरीमा गिरी परिवारले उनी मानसिक विरामी रहेको उल्लेख गर्दै उनी माथी ललाई फकाई बस्नेत परिवारले पैसाको प्रलोभन देखाई उनको मृर्गौला झिकेको आरोप लगाउँदै जिल्ला अदालत भक्तपुरमा मुद्दा दर्ता गरेका थिए । दुई महिना सम्म गिरीलाई लालन पालन गरि आफै सँगै राखेर गिरीलाई बस्नेतका छोरा आशिष भएको भन्दै नाता प्रमाणिकारणको नक्कली कागजपत्र बनाएर मिर्गौला प्रत्यारोपण गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
राजधानीबाट

 

Skip This
Skip This
Logo