फागुन २१ को निर्वाचनमा सबै दल सहभागी हुन्छन् : आयुक्त भण्डारी

फागुन २१ को निर्वाचनमा सबै दल सहभागी हुन्छन् : आयुक्त भण्डारी

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि दलले बहिष्कार नगर्ने बताएका छन्।
दलहरूले शान्ति सुरक्षामा चासो देखाए पनि निर्वाचनमा सहभागी हुने प्रतिबद्धता जनाएका छन्। ‘प्रहरीका हतियार र पोशाक लुटिएकोमा दलहरूको चिन्ता छ, तर सरकारले सुरक्षा प्रबन्ध गरिरहेको छ ’ भण्डारीले भने।

निर्वाचन आयोगले मतदाता नामावली संकलन र कर्मचारी व्यवस्थापनमा तीव्रता दिएको छ। कात्तिक मसान्तसम्म नामावली संकलन सकिने छ।

मितव्ययी ढंगले निर्वाचन गर्न बजेट छलफल भइरहेको भण्डारीले बताए। शान्ति सुरक्षाको प्रबन्धले निर्वाचनको सफलता सुनिश्चित गर्ने अपेक्षा छ।

Skip This
Skip This
Logo