काठमाडौं । रसियामा जारी फिफा विश्वकपमा साविक विजेता जर्मनीले पहिलो गोल गरेको छ ।
आफ्नो दोस्रो खेलमा शनिबार स्वीडेनसँग भिडिरहेको जर्मनीले यो विश्वकपमा आफ्नो पहिलो गोल गरेको हो । जर्मनीका लागि ४८ औं मिनेटमा मार्को रेउसले स्वीडेन विरुद्ध बराबरी गोल गरेका हुन् । यसअघि स्वीडेनका लागि ओला टोभिनेन्टले ३२ औं मिनेटमा गोल गरेर टिमलाई सुरुवाती अग्रता दिलाएका थिए ।
जर्मनीका लागि यो खेलको नतिजा महत्वपूर्ण हुनेछ अन्तिम १६ मा पुग्न । यदि यो बरबरी पनि गर्न नसके उ समूह चरणबाटै बाहिरिने छ । यो खेल जितेपनि साविक विजेता जर्मनीले अन्तिम १६ मा प्रवेश गर्न अन्तिम खेलको नतिजामा कुर्नुपर्ने हुन्छ ।
जर्मनी मेक्सिकोसँग पहिलो खेलमा पराजित भएको थियो भने स्वीडेनले कोरियालाई हराएको थियो । यो समूहबाट मेक्सिको एक खेल अगावै लगभग छनोट भैसकेको छ । कोरिया प्रतियोगिताबाट बाहिरिएको छ ।
अन्तिम खेल स्वीडेनले मेक्सिको र जर्मनीले कोरियासँग खेल्नेछ ।





























प्रतिक्रिया