काठमाडौं । मध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । दिउँसो ४ बजे नै नतिजा सार्वजनिक गर्ने भनिएपनि प्राविधिक कारणले नतिजा ढिला गरि सार्वजनिक भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
परीक्षामा नियमिततर्फ चार लाख ५१ हजार ५३२ परीक्षार्थी सहभागी भएकामा ‘ए’ प्लस ग्रेड (स्तरीकृत अंक) प्राप्त गर्ने १४ हजार २३४, ‘ए’ प्राप्त गर्ने ४६ हजार १३०, ‘बी’ प्लस प्राप्त गर्ने ५९ हजार ३७, ‘बी’ प्राप्त गर्ने ७० हजार ५१२, ‘सी’ प्लस प्राप्त गर्ने ६१ हजार ८७०, ‘सी’ ल्याउने एकलाख एक हजार ४३, ‘डी प्लस’ ल्याउने ३५ हजार ५८४ र ‘डी’ ल्याउने ५८ हजार ६८८ रहेका छन् ।
एसईईको नतिजा प्रकाशन भएसँगै केन्द्रबिन्दु डटकममा पनि हेर्न सकिने छ । एसईईको नतिजा https://kendrabindu-wp.10orbits.com/see मार्फत हेर्ने व्यवस्था मिलाएको हो ।त्यस्तै शिक्षा मन्त्रालयको वेबसाइट moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको doe.gov.np र परीक्षा नियन्त्रक कार्यालय सानोठिमी भक्तपुरको neb.gov.np मा हेर्न सकिन्छ। नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा पनि नतिजा हेर्न सकिन्छ।





























प्रतिक्रिया