एसईई नतिजा ८ बजे भन्दा अगाडि सार्वजनिक नहुने

एसईई नतिजा ८ बजे भन्दा अगाडि सार्वजनिक नहुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

शनिबार साँझ सवा ७ बजेसम्म पनि एसईई परीक्षाको नतिजा सार्वजनिक भएको छैन् । दिउँसो ४ बजे नै एसईईको नतिजा सार्वजनिक गर्ने भनिएपनि अहिलेसम्म नतिजा प्रकाशन हुन नसकेको हो ।

परीक्षा नियन्त्रण कार्यालयले ३ बजे बैठक बसेर ४ बजे पत्रकार सम्मेलन गरि नतिजा सार्वजनिक गर्ने भनेपनि सफ्टवेयरको समस्याका कारण नतिजा प्रकाशनमा समस्या आएको बताएको छ ।

परीक्षा नियन्त्रण कार्यालय बाहिर अहिले सञ्चारकर्मीहरुको भिड छ । अझै परीक्षाफल कतिबेला प्रकाशन हुने भन्ने टुंगो लागेको छैन् । अहिले परीक्षाको नतिजा चार लाख विद्यार्थीहरु पर्खेर बसेका छन् । 

परीक्षाफल प्रकाशन हुन अझै समय लाग्ने बताइएको छ । सानोठिमीबाट केन्द्रबिन्दु समाचारदाता दिपेन्द्र रायमाझीले दिएको जानकारी अनुसार बेलुकी ८ बजेभन्दा पहिलो परीक्षाफल प्रकाशन हुनेछैन् ।

यो वर्षको परीक्षामा साधारणतर्फ चार लाख ८५ हजार ५८६ र प्राविधिकतर्फ ८ हजार ७०८ जना परीक्षार्थी सहभागि थिए । परीक्षा गत चैत महिनामा सञ्चालन भएको थियो । गत वर्ष चैत ८ गतेदेखि २० गतेसम्म एसईई सञ्चालन भएको थियो । 

एसईईको नतिजा प्रकाशन भएसँगै केन्द्रबिन्दु डटकममा पनि हेर्न सकिने छ । एसईईको नतिजा https://kendrabindu-wp.10orbits.com/see मार्फत हेर्ने व्यवस्था मिलाएको हो ।

Logo