काठमाडाैं । वाटर स्पोर्टससँग सम्बन्धित मुख्य खेलकुदको अन्तराष्ट्रिय महासंघ यूनियन इन्टरनेशनल मोटोनाउटिकको ९८औं साधारण सभाले इटालिका डा. राफेल चिउली पुनः अध्यक्षमा निर्वाचित गरेको छ।
यहि अक्टोवर १२ मा सांघाइको सी–वर्ल्डस्थित होटल कोडिसमा भएको विश्वभरका फेडेरेसनका प्रतिनिधि वीचमा उनि निर्विरोध चयन भएका हुन् । चिउली एसोसिएसन अफ आइओसि रेकनाइज्ड इन्टरनेशनल स्पोर्टस्का समेत अध्यक्ष हुन् । साथै साहि साधारण सभाले रित्त बोर्ड सदस्यमा चेक रिपब्लीक र इस्टोनियाका फेडेरेसनहरु निर्वाचिति भए ।
मोनाकोमा हेडक्वार्टर रहेको यूआईएममा खासगरी वाटर स्पोर्टका इंन्जिन-मोटर जडित खेलेका पाँच दर्जत ज्यादा राष्ट्रिय फेडेरेसन आवद्ध छन्, जसले मोटो-सर्फ देखी फर्मुला वान एचटुओ एफ१एच२० सम्मका खेलको संचालन गर्दछन् । जसमा जेट स्कि, अक्वा-वाइक, पावरबोटीङ लगायतका पपुलर विश्स्तरिय राष्ट्रिय–अन्तराष्ट्रिय इमेन्टहर पर्दछन् ।
यसपटकको साधारण सभाको सन्दर्भमा वाटर स्पोर्टसको सर्वाधिक महत्वपूर्ण इभेन्ट एफ१एच२० लगायतका थुप्रै इमेन्टहरु सोहि स्थानमै आयोजना भएका थिए । त्यसैगरी पहिलोपटक भोटिङ्ग मेम्बरको रुपमा नेपाल सहित मोरक्को, जार्जिया र भियतनामलाई साधारण सभाले अनुमदिन गर्यो । जसमार्फत नेपाल अटोमोवाइल्स एसोसिएसएन (नासा नेपाल) पहिलोपटक वाटर स्पोर्टसको विश्वमहासंघमा प्रवेश गर्यो, जसमा संघका कार्यकारी निर्देशक गोविन्द भट्टराईले महत्वपूर्ण सम्बोधन समेत गरेका थिए ।
नेपालको पावरबोटिङमा प्रवेश र पूर्ण सदस्यतालाई महत्वपूर्ण रुपमा यूआईएम नेतृत्व र सम्पूर्ण सहभागीले लिएका थिए। जसको पारिणाम स्वरूप नासा नेपालले आगामी साधारण नेपालमा गर्ने प्रप्ताव सर्वसम्मतिले पारित भएको छ, जसलाई कार्यसमितिको आगामी वैठकले निर्णय गर्नेछ।































प्रतिक्रिया