काठमाडौं । ग्लोबल टेक जायन्ट जेडटिईले नुबिया नियो ३ जीटि फाइभ जी नेपालमा सार्वजनिक गरेको छ । विशेषगरी गेमिङका पारखीहरुलाइ शक्ति, गति र शैली एकैसाथ प्रदान गर्ने उदेश्यले यस स्मार्टफोनको डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
नयाँ जेडटिई नुबिया नियो ३ जीटि फाइभ जीमा अत्याधुनिक डिजाइनसँगै उत्कृष्ट प्रदर्शन रहेको छ। १२ जिबि र्याम र २५६ जिबि स्टोरेज सहितको यो गेमिङ पावरहाउसको मूल्य ३६ हजार ९९९ रुपैयाँ तोकिएको छ, र अहिले जगदम्बा मोबाइल्समार्फत शुन्य प्रतिशत ब्याजमा मासिक किस्ताबन्दी सुविधासहित उपलब्ध छ। योसँगै प्रयोगकर्ताहरूले अब जेडटिई नुबिया नियो ३ जीटि फाइभ जी केवल १४ हजार ८०० रुपैयाँ डाउन पेमेन्टमा खरिद गर्न सक्नेछन्।
गेमिङ अनुभवलाई नयाँ स्तरमा पुर्याउने यस गेमिङ स्मार्टफोनमा ६.७८ इन्चको ओएलईडी गेमिङ डिस्प्ले रहेको छ, जसले जीवन्त र स्मूथ भिजुअल प्रदान गर्छ।
आकर्षक डिजाइन, शक्तिशाली ब्याट्री र उचित मूल्यको सन्तुलन रहेको यस जेडटिई नुबिया नियो ३ जीटि फाइभ जीले नेपाली गेमरहरुको अनुभवलाई नयाँ परिभाषा दिने विश्वास कम्पनीले लिएको छ ।





























प्रतिक्रिया