राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । गत चैत महिनामा सञ्चालन गरेको एसईईको नतिजा आज सार्वजनिक गर्न लागेको हो ।
त्यसका लागि परीक्षा नियन्त्रण कार्यालयले आज दिउँसो ३ बजे बोर्ड बैठक बोलाएको छ । बैठक सकिएपछि नतिजा प्रकाशन हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यसवर्षको परीक्षामा साधारण धारतर्फ चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी भएका थिए । यस्तै प्राविधिक धारतर्फ ८ हजार ७०८ जना परीक्षार्थी सहभागि थिए । नतिजा ग्रेडिङ पद्धतिमार्फत हुनेछ ।
एसईईको नतिजा प्रकाशन भएसँगै केन्द्रबिन्दु डटकममा पनि हेर्न सकिने छ । एसईईको नतिजा https://kendrabindu-wp.10orbits.com/see मार्फत हेर्ने व्यवस्था मिलाएको हो ।
यहाँ क्लिक गरेर पनि नतिजा हेर्न सकिनेछ ।































प्रतिक्रिया