अस्ट्रेलियाले एक खेल अगावै जित्यो भारतविरुद्धको सिरिज

अस्ट्रेलियाले एक खेल अगावै जित्यो भारतविरुद्धको सिरिज

केन्द्रबिन्दु
54
Shares

काठमाडाैं । घरेलु टोली अस्ट्रेलियाले जारी एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलाको दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई २ विकेटले पराजित गरेको छ। यो जितसँगै अस्ट्रेलियाले तीन खेलको शृङ्खला एक खेल अगावै जितेकाे छ ।

एडेलेड ओभलमा टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको अस्ट्रेलियाले भारतलाई निर्धारित ५० ओभरमा ९ विकेटकाे क्षतिमा २६४ रनमा सीमित गरेको थियो। जवाफमा अस्ट्रेलियाले ४६.२ ओभरमा ८ विकेट गुमाउँदै २६५ रन बनाएर लक्ष्य सफलतापूर्वक भेट्टायो। भारतसँग अझै २२ बल बाँकी रहँदै अस्ट्रेलिया विजयी भएको हो।

भारतका लागि रोहित शर्माले ९७ बलमा ७३ रनको पारी खेले भने श्रेयस अय्यरले ७७ बलमा ६१ रन जोडे । अन्तिममा अक्षर पटेलले ४१ बलमा आक्रामक ४४ रन बनाएर सम्मानजनक योगफलमा पुर्याए।

अस्ट्रेलियाका लागि एडम जाम्पाले १० ओभरमा ४ विकेट लिँदै ६० रन खर्चिए। जेभियर बार्टलेटले ३ विकेट लिए भने मिचेल स्टार्कले २ विकेट हात पारे।

जवाफी ब्याटिङमा अस्ट्रेलियालाई म्याट सर्टले ७८ बलमा ७४ रन र कुपर कोनोलीले अविजित ५३ बलमा ६१ रन बनाएर जित दिलाए । मिचेल ओवेनले पनि २३ बलमा महत्वपूर्ण ३६ रन जोडे।

भारतका वाशिङ्गटन सुन्दरले ७ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए। अर्शदीप सिंहले ८.२ ओभरमा ४१ रन दिँदै २ विकेट र हर्षित रानाले ८ ओभरमा ५९ रन खर्चेर २ विकेट लिए पनि जितका लागि पर्याप्त भएन।

Logo