काठमाडौं
नेपाल र चीनका लगानीकर्ता बीच आठ परियोजनामा सम्झौता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दुई देशका सरकारी र निजी कम्पनी बीच ऊर्जा, जलस्रोत, सिमेन्ट उद्योग तथा फलफूल उद्योग स्थापना गर्ने सम्झौता भएको हो । चीनको बेइजिङस्थित नेपाली दूतावासमा बुधबार नेपाली लगानीकर्ता र चिनियाँ लगानीकर्ता बीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
परराष्ट्रका अनुसार १६४ मेगावाट क्षमताको नेपालको कालीगण्डकी गर्ज जलविद्युत आयोजना निर्माणका लागि हाइड्रो सोलुसनका प्रमुख ज्ञानेन्द्रलाल प्रधान र चीनको युनान सिन्हवा वाटर कन्जरभेन्सी एन्ड हाइड्रोपावर इन्भेस्टमेन्ट कम्पनी बीच संयुक्त लगानीमा आयोजना बनाउने सम्झौता भएको हो ।
यस्तै दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने हुवासिन सिमेन्ट उद्योग स्थापनाका लागि लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुवासिन सिमेन्टका तर्फबाट उपाध्यक्ष सू गाङले हस्ताक्षर गरेका छन् । धादिङमा रहेको चुनढुंगा खानी प्रयोग गरेर सिमेन्ट उद्योग स्थापना गर्ने यो परियोजनामा हुवासिनले १४ अर्ब ४० करोड लगानी गर्नेछ । परियोजनाले एक हजार जनालाई रोजगारी दिने बताइएको छ ।
यस्ता छन् सम्झौताहरु :
फलफूल उद्योग स्थापनाको समझदारी
ईपीसीएफ मोडलमा निर्माण समझदारी
कालिगण्डकी गर्ज जलविद्युत् परियोजना समझदारी
पश्मिना खरिदका लागि समझदारीपत्रमा हस्ताक्षर
मस्र्याङ्दी जलविद्युत् आयोजना निर्माणमा सम्झौता
त्रिशूली गल्छी परियोजना निर्माण सम्झौता
हुवासिन सिमेन्ट उद्योग स्थापनाको सम्झौता
सिँचाइ परियोजना प्रतिवेदनसम्बन्धी समझदारी
राजधानीबाट





























प्रतिक्रिया