आन्दोलनका नाममा अराजक गर्नेहरुलाई कानुनी दायरामा ल्याउँछौ : आइजीपी खापुङ

आन्दोलनका नाममा अराजक गर्नेहरुलाई कानुनी दायरामा ल्याउँछौ : आइजीपी खापुङ

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले जेनजी आन्दोलनका नाममा भएका आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याइने बताएका छन्।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आन्दोलनको आवरणमा आपराधिक क्रियाकलाप गर्नेहरूको पहिचान भइसकेको बताउँदै, समाजलाई धमिल्याउने यस्ता गतिविधि सह्य नहुने स्पष्ट पारे ।

उनले भने, ‘जेनजी आन्दोलनको बहानामा समाजलाई धमिल्याउन खोज्ने आपराधिक प्रवृत्तिहरू पनि चलखेल भएको देखिएको छ । त्यो वास्तवमा गलत हो र त्यो आपराधिक कार्य नै हो । त्यस्ता कार्यहरू दण्डित हुनुपर्छ, उनीहरू क्रमशः दण्डित हुन्छन् भन्नेमा आश्वस्त रहनुहोस् ।’ आन्दोलनका नाममा अराजक गर्नेहरुलाई ढिलो चाँडो कानुनी दायरामा ल्याउने भन्दै खापुङले जेन जी आन्दोलनपछि प्रहरीको मनोबल खस्केको भन्ने धारणा असत्य भएको पनि बताए ।

उनका अनुसार स्थानीय जनताको सहयोगमा प्रहरी चौकीहरू पुनःस्थापना भइसकेका छन् र प्रहरी संगठन पहिलेभन्दा बढी सक्रिय रूपमा काम गरिरहेको छ । प्रहरी महानिरीक्षक खापुङले शान्ति सुरक्षा कायम राख्ने दायित्वबाट नेपाल प्रहरी कहिल्यै पछि नपर्ने दाबी गर्दै, समाजलाई अस्थिर पार्ने प्रयासहरूलाई कडा रूपमा नियन्त्रण गरिने समेत बताएका छन् ।

Logo