काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की सँग गृहमन्त्री गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र चारवटै सुरक्षा निकायका प्रमुखहरूले छलफल गरेका छन् ।
बैठकमा गृहमन्त्री र सुरक्षा निकायका प्रमुखहरूले वर्तमान सुरक्षाबारे छलफल गरेका हुन् । छलफलका क्रममा गृहमन्त्री अर्यालले राजनीतिक मागहरू जिम्मेवार ढंगले आग्रह गर्दै संवादको ढोका खुला राखेको बताए।
गृहमन्त्री अर्यालले भने, ‘सुरक्षा अवस्थाबारे हामीले सूक्ष्म विश्लेषण गरेका छौँ। विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरेको भन्ने कुराहरू आएका छन्। आफ्ना राजनीतिक मागहरू जिम्मेवार ढङ्गले राख्न सबै स्वतन्त्र छन्। राजनीतिक मुद्दाको सम्बोधनका लागि हामीले संवादको ढोका खुला राखेका छौँ । सम्बद्ध पक्षहरूसँग हामी वार्ता गर्छौँ। संवादबाटै समस्याको समाधान चाहन्छौँ।’
अर्यालले अहिलेको अवस्थालाई विचार गरी जिम्मेवार ढङ्गले प्रस्तुत हुन सबैलाई आग्रह गरेका छन् ।
बैठकमा प्रधानमन्त्री कार्की, गृहमन्त्रीअर्याल, गृहसचिव दंगाल र चारवटै सुरक्षा निकायका प्रमुखहरू सहभागी रहेका थिए । बैठक करिब २ घण्टा चलेको बालुवाटार स्रोतले बताएको छ ।































प्रतिक्रिया