बेइजिङ

चिनियाँ राष्ट्रपति सी चिनफिङले ल्हासा हुँदै सिगात्से पुगेको रेल केही वर्ष भित्रै काठमाडौं पुग्ने आशा व्यक्त गरेका छन् । "/>

चिनियाँ रेल छिट्टै नेपाल पुग्छ : राष्ट्रपति सी

चिनियाँ रेल छिट्टै नेपाल पुग्छ : राष्ट्रपति सी

केन्द्रबिन्दु
0
Shares

बेइजिङ

चिनियाँ राष्ट्रपति सी चिनफिङले ल्हासा हुँदै सिगात्से पुगेको रेल केही वर्ष भित्रै काठमाडौं पुग्ने आशा व्यक्त गरेका छन् । पिपल्स ग्रेट हल अफ चाइनामा बुधबार शिष्टाचार भेटका लागि पुगेका प्रधानमन्त्री केपी शर्मा ओली सहितको सरकारी प्रतिनिधिमण्डल सामु राष्ट्रपति सीले त्यस्तो आशा व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओली असार ५ गते देखि चीनको ६ दिने औपचारिक भ्रमणमा छन् । त्यस क्रममा बुधबार उनले राष्ट्रपति सीसँगको भेटवार्तामा झन्डै सवा घण्टा बिताए । त्यसमध्ये पहिलो २० मिनेट प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच एकल वार्ता (वान टू वान) भएको थियो । त्यसपछि राष्ट्रपति सी सहितको प्रतिनिधिमण्डल र प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डलबीच छलफल भयो ।

दुवै प्रतिनिधिमण्डलको भेट हुँदै गर्दा केही मिनेट मिडियाकर्मीलाई फोटो खिच्ने समय दिइएको थियो । मिडियाको उपस्थिति रहेकै बेला राष्ट्रपति चिनफिङले नेपालले अख्तियार गरेको एक चीन नीतिप्रति खुसी व्यक्त गरेका थिए । नयाँ संविधान चुनाव हुँदै नयाँ सरकार र राजनीतिक स्थायित्व प्राप्त गरेकोमा आफूहरू खुसी भएको र चीन नेपालको समृद्धिका लागि सहायता गर्न तयार रहेको बताएका थिए । आफू स्वतन्त्र एवं अखण्ड नेपालको पक्षमा रहेको उनको भनाइ छ । व्यस्त सेड्युलबीच सी र नेपाली प्रतिनिधिमण्डलबीच भेटवार्ता चलेको थियो । नेपाली प्रतिनिधिमण्डल पिपल्स ग्रेट हल अफ चाइनातिर जाँदै गर्दा उत्तर कोरियाली नेता किम जोङ उन फर्किंदै थिए भने भेटवार्तापछि पपुवा न्युगिनी र बोलिभियाको प्रतिनिधिमण्डलसँग भेटवार्ता सुरु भएको थियो ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo