पशुपतिमा गायिका नितु पौडेलको अन्त्येष्टि

पशुपतिमा गायिका नितु पौडेलको अन्त्येष्टि

केन्द्रबिन्दु
24
Shares

काठमाडाैं । गायिका नितु पौडेलको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

गत शनिबार अनामनगरस्थित संगीतकार तथा गायक बाबुल गिरीको स्टुडियोमा आत्मदाह प्रयास गरेकी नितुको उपचार क्रममा शुक्रबार निधन भएको थियो। शनिबार दिउँसो नितुको पार्थिव शरिरमा सांगीतिक क्षेत्रका कलाकार, आफन्त र शुभेच्छुकले श्रद्धाञ्जली दिएका थिए।

नितुको मृत्युपछि उनको परिवारले दिएको जाहेरीका आधारमा गिरीलाई आत्महत्या दुरूत्साहन मुद्दामा हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

Skip This
Skip This
Logo