रोहित र विराट चम्किएको खेलमा भारतको सान्त्वनापूर्ण जित

रोहित र विराट चम्किएको खेलमा भारतको सान्त्वनापूर्ण जित

केन्द्रबिन्दु
66
Shares

काठमाडाैं । ब्याट्सम्यान रोहित शर्माको उत्कृष्ट शतकमा भारतले अस्ट्रेलियाविरुद्धको तेस्रो एकदिवसीय खेलमा शानदार जित दर्ता गरेकाे छ ।

सिड्नी क्रिकेट ग्राउन्डमा शनिबार भएको खेलमा भारतले अष्ट्रेलियालाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको हाे । सुरुवाती दुई खेलमा हार बेहोरेका कारण भारतले ३ खेलको एकदिवसीय शृंखला २-१ ले अष्ट्रेलियालाई सुम्पिएको छ।

२३७ रनको लक्ष्य पछ्याएको भारतले ३८.३ ओभरमै १ विकेट गुमाएर सफलतापूर्वक भेट्यायाे । भारतीय पारीमा रोहित शर्माले दमदार ब्याटिङ गर्दै १२१ रनको अविजित शतक बनाए। उनलाई विराट कोहलीले ७४ रनको अविजित अर्धशतकीय पारी खेल्दै उत्कृष्ट साथ दिए। यी दुई खेलाडीले दोस्रो विकेटका लागि विशाल साझेदारी गरेका थिए।

अष्ट्रेलियाका लागि एकमात्र विकेट जोश हेजलवुडले लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको अष्ट्रेलियाको टोली ४६.४ ओभरमा मात्र २३६ रनमा समेटियो।

अष्ट्रेलियाका लागि युवा ब्याट्सम्यान म्याट रेनशॉले सर्वाधिक ५६ रन बनाए । उनले ५८ बलको सामना गर्दै २ चौका प्रहार गरे। कप्तान मिचेल मार्शले ५६ बलमा ४१ रन, ट्राभिस हेडले २९ रन र म्याट शर्टले ३० रनको योगदान दिए। विकेटकिपर एलेक्स केरी २४ रनमा आउट भए भने तल्लो क्रममा नाथन एलिसले १८ रन जोडे।

अष्ट्रेलियालाई सहजै समेट्ने क्रममा भारतका तीव्र गतिका युवा बलर हर्षित रानाले ४ विकेट लिए । यस्तै, स्पिनर वासिङटन सुन्दरले २ विकेट लिए भने अक्षर पटेल, मोहम्मद सिराज, प्रसिद्ध कृष्ण र कुलदीप यादवले १-१ विकेट हात पारे।

Skip This
Skip This
Logo