काठमाडौं । डा. निकोलस भुसालले आगामी १६ गतेबाट अर्को विद्रोह सुरु हुने भन्दै सरकारसामु जेनजीको माग पूरा गर्न चेतावनी दिएका छन् ।
शनिबार एक कार्यक्रमको आयोजना गरी उनले अन्तिम विद्रोहको तयारी पूरा भएको भन्दै जेनजीका माग पूरा नभए अर्को सरकार गठन गर्ने बताएका हुन् । ‘हामीले १६ गतेदेखि अन्तिम विद्रोह, अन्तिम क्रान्ति गर्दैंछौं । त्यो रहरले हैन, कहरले हो । अहिलेको प्रधानमन्त्री, गृहमन्त्री तपाईहरुले हिम्मत गर्नुस् । हामीले जेनजीको रगतले तपाईलाई बनाएका हाैं,’ उनले भने, ‘आज माइतिघरमा जेनजीको माग पूरा गर भन्दै गर्दा उनीहरुलाई प्रक्राउ गरेर लाने अधिकार कसले दियो ? प्रधानमन्त्री सुशिला कार्कीज्यु तपाईंलाई त्यहाँ राखेको जेनजीको माग पूरा गर्न हो ।’
उनले १३ दिनमा सरकार परिवर्तन गरी अर्को संविधानको समेत तयारी गरिरहेको बताए । भुसालले अबको विद्रोहपछिको सरकारले किसानको उत्पादन किन्ने र किसानका समस्या समाधान गर्ने बताए ।
‘देश गरिब हैन, म सम्पूर्ण किसानहरुलाई भन्छु तपाईहरुको उत्पादन यो सरकारले किन्दिन्छ ? छैन नि म किन्दिन्छु बाचा भो तपाईले जे फलाउनुहुन्छ सबै हामी किन्दिन्छौँ । मल चाइयो हामी दिन्छौँ,’ उनले भने ।































प्रतिक्रिया